राष्ट्रपति र मुख्यमन्त्रीको जिल्लामा तरुण उपाध्यक्ष आफै खटिए, ओलीविरुद्धको आन्दोलन चर्काउने

षडानन्द । प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध भोजपुरमा नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष एवम् कांग्रेसका युवा नेता उत्तम चापागाइँको कमाण्डमा आन्दोलन हुने भएको छ ।

उपाध्यक्ष चापागाइँले षडानन्द नगरपालिकाका विभिन्न वडाहरूमा हुने विरोध कार्यक्रमलाई सम्बोधन गर्नेछन् । उनले पार्टीका नेता कार्यकर्ता र तरुणहरूलाई ओलीविरुद्धको कार्यक्रममा सहभागी हुन अपील पनि गरेका छन् ।

ओलीको प्रतिगमनविरुद्ध षडानन्द नगरपालिकाको वड नं. १ मा माघ ८ गते नेपालेडाँडा, वडा नं. २ को कुदाकाउलेमा माघ ९ गते, वडा नं. ५ मा १० गते चिउरीबोटेमा, वडा नं. ८ मा ११ गते तुङेछाममा विरोध कार्यक्रम हुनेछ ।

ती विरोध कार्यक्रमहरूलाई युवा नेता चापागाइँले सम्बोधन गर्नेछन् । कांग्रेसका स्थानीय नेताहरूले पनि सम्बोधन गर्नेछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको गृहजिल्ला भनेर चिनिने भोजपुरमा पछिल्लो समय नेपाली कांग्रेस बलियो भएर गएको छ ।

कम्युनिस्टहरूले झण्डै दुईतिहाइ पाउँदा पनि संसद विघटन गरेर असक्षमता देखाएपछि देशभरिका जनता कम्युनिस्टसँग निराश बनेका छन् ।

Published : Thursday, 2021 January 14, 9:39 am

फेसबुकबाट तपाईको प्रतिक्रिया