कांग्रेसद्वारा माघे संक्रान्तिको शुभकामना प्रदान

काठमाडौं । नेपाली कांग्रेसले माघे संक्रान्तिको अवसरमा शुभकामना दिँदै भाषा, धर्म, संस्कृति र चाडवर्पहरूको आफ्नै विशिष्ट पहिचान रहेको जनाएको छ ।

कांग्रेसका सभापति शेरबहादुर देउवाले शुभकामना सन्देश दिएर आफ्नो धर्म, संस्कृति र पर्वहरूको संरक्षणका लागि अनुरोध गरेका छन् ।

‘माघ १ गते ‘माघे संक्रान्ति’लाई ‘मकर संक्रान्तिका रुपमा मनाउने हाम्रो प्रचलन छ’, उनले भने, ‘प्राचीन कालदेखि विभिन्न जात, जातिहरूको बसोबासको संगम स्थल हो— नेपाल । यहाँ विभिन्न भाषा, धर्म, संस्कृति र चाँडपर्वहरूको आफ्नो विशिष्ट पहिचान छ र एकले अर्काको संस्कृतिलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै परम्परा छ ।’

देउवाले भनेका छन्, ‘भौगोलिक, जातीय र सांस्कृतिक विविधतामा रहेको नेपालमा मनाइने यो पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउन महत्वपूर्ण योगदान पु¥याउँदै आएको छ ।’

‘सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै सामाजिक सद्भाव अभिबृद्धि गर्न यो पर्वले सबैलाई प्रेरित गर्न सकोस्, हार्दिक शुभकामना’, कांग्रेस सभापति देउवाले शुभकामनामा भनेका छन् ।

Published : Thursday, 2021 January 14, 8:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया