प्रहरीका यी एघार जना एसपीहरूको एसएसपीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका ११ जना उपरीक्षकहरूको वरीष्ठ उपरीक्षक एसएसपीमा बढुवाका लागि सिफारिस भएका छन् ।

बढुवा समितिको बैठकले बधुबार ११ एसपीलाई एसएसपी बढुवा लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

बढुवा सूचीअनुसार पहिलो नम्बरमा कृष्णकुमार महत छन् । दोस्रोमा गोविन्दकुमार साह, तेस्रो नम्बरमा उमाशंकर पञ्जियार बढुवाका लागि सिफारिस भएका छन् ।

अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुदन लुइँटेल र मोहनप्रसाद पोखरेलको नाम एसपीबाट एसएसपीमा बढुवाका लागि सिफारिस भएको छ ।

Published : Wednesday, 2021 January 13, 9:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया