राप्तीमा थारु समुदायलाई शुभकामना प्रदान

तीर्थराज ज्ञवाली

सिसहनियाँ । दाङको राप्ती गाउँपालिकामा माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ ।

माघे संक्रान्ति तथा थारु समुदायमा मानिने माघी पर्वको अवसरमा गाउँपालिकाको कार्यलयको तर्फवाट सम्पूर्णमा शुभकामना प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको हो ।

राप्ती गाउँपालिका– ७ तथा सुगन्ध युवा क्लवले ब्यवस्थापन गरेको माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा थारु संस्कृति झल्कने नाँच, गीत, खानाका परिकार प्रस्तुत गरिएको थियो ।

सामाजिक विकास समिति संयोजक एवं वडा नं. ७ का अध्यक्ष विद्याशरण चौधरीको अध्यक्षता कार्यक्रम भएको थियो । राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुपवेदीले शुभकामना दिएका थिए ।

माघी मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रममा राष्ट्रिय कलाकारले थारु गीत संगीत समेत प्रस्तुत गरेका थिए ।

स्थानीय गीत संगीतको रक्षा तथा कला संस्कृतिको संरक्षण गर्दै आगामी पुस्तामा संस्कार हस्तान्तरण गर्नका लागि सहयोग पु¥याउने उदेश्यका साथ कार्यक्रममा पुराना थारु संस्कृति झल्कने भेषभुषा तथा गीत संगीत प्रस्तुत गरिएको थियो ।

बड्का नाँच, झुम्म्रा नाँच, लट्ठीहवा नाँच, धमार गीत, सोगिंया गीत प्रस्तुत गर्दै माघ महिनाको सांस्कृतिक महत्व तथा थारु संस्कार सभ्यता झल्कने प्रस्तुति देखाइएको थियो ।

कार्यक्रममा उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, वडा नं १ का वडाध्यक्ष ताराबहादुर डिसी, नेपाली कांग्रेसका राप्ती गाउँपालिकाका अध्यक्ष दुर्योधन पाण्डे, वन महासंघका हरि भुसाल, खानेपानीका शान्तराज शर्मा, राप्ती होमस्टेका प्रेमलाल चौधरी, सुगन्ध युवा क्लवका कमल चौधरी लगायतकाले शुभकामना ब्यक्त गरेका थिए ।

Published : Wednesday, 2021 January 13, 1:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया