सभापति देउवा पर्वत जाने, कांग्रेसको भवन उद्घाटन गर्ने

पोखरा । शहीद हरिदत्त तिवारीको १८औं स्मृति दिवसका अवसरमा तिवारीको स्मृतिमा निर्माण गरिएको पर्वत कांग्रेसको भवन उदघाटन गरिने भएको छ ।

तिवारीको स्मृतिमा शहीद हरिदत्त स्मृति प्रतिष्ठानले पर्वतको फलेवास नगरपालिका– ३ शंकरपोखरीमा दुई तले भवन निर्माण गरेको छ ।

भवनलाई माघ १ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रमछ ।

कार्यक्रममा नेता गोपालमान श्रेष्ठ, केन्द्रीय सदस्य अर्जुन जोशीलगायतका नेताहरू सहभागी हुनेछन् ।

०६० साल माघ १ गते सशस्त्र माओवादी समूहले नेपाली कांग्रेस पर्वत क्षेत्र नं. २ को क्षेत्रीय सभापति रहेको अवस्थामा हरिदत्त तिवारीको हत्या गरेको थियो ।

Published : Tuesday, 2021 January 12, 12:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया