जसपाका दुई जना केन्द्रीय सदस्य नेकपामा प्रवेश, ओलीद्वारा स्वागत

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका दुई जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेर प्रधानमन्त्री केपी ओली नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

धनुषा जिल्लाका प्रभावशाली मुस्लिम नेता तथा जसपाका केन्द्रीय सदस्य हकिम राइन नेकपामा प्रवेश गरेका हुन् । आइतबार राइनलाई प्रधानमन्त्री ओलीले नेकपामा स्वागत गरेका छन् ।

नेकपामा प्रवेश गरेका राइन २०७४ को चुनावमा जसपाबाट समानुपातिक उम्मेदवार बनेका थिए ।

जसपाका अर्का केन्द्रीय सदस्य रामबाबु राय पनि नेकपामा प्रवेश गरेका छन् । रायलाई प्रधानमन्त्री ओलीले सोमबार बालुवाटारमा पार्टी प्रवेश गराएका हुन् ।

२०७४ को चुनावमा सर्रलाही क्षेत्र नं. ४ ‘क’बाट ८२७० मत प्राप्त गरेका नेता रामबाबु राय नेकपामा प्रवेश गरेपछि जसपाभित्र खैलाबैला भएको छ ।

Published : Monday, 2021 January 11, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया