दाङमा ओलीविरुद्ध ठाउँ–ठाउँमा कांग्रेसको शानदार प्रदर्शन, दुलाभित्र पसे कम्युनिस्टहरू

लमही । नेपाली कांग्रेसले दाङमा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमका विरुद्ध प्रदर्शनहरू गरेको छ ।

देउखुरीको गढवा, घोराही, नारायणपुर, तुलसीपुर लगायतका स्थानमा कांग्रेसले प्रदर्शन गरेको छ ।

क्षेत्र नं. १ ‘क’को गढवामा कांग्रेसले प्रदर्शन गरेको छ । प्रदर्शनमा कांग्रेसकी केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, पूर्वसांसद सुशीला चौधरी, क्षेत्रीय सभापति भेषराज पाण्डे, कांग्रेस नेता किरण किशोर घिमिरेलगायतको उपस्थिति रहेको थियो ।

दाङको क्षेत्र नं. १ ‘ख’को लमहीमा कांग्रेसको प्रदर्शन भएको छ । विरोध सभालाई कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी, नेता जानकीलाल बस्नेत, नेतृ गिरिजा न्यौपाने लगायतले सम्बोधन गरेका थिए ।

क्षेत्र नं. २ ‘क’ अन्तर्गत घोराहीमा भब्य कार्यक्रम भएको छ । क्षेत्र नं. २ ‘ख’ नारायणपुरमा पूर्वसांसद राजु खनाल, क्षेत्रीय सभापति भुपबहादुर डाँगी, कांग्रेस नेता भरत न्यौपाने लगायतका नेताहरू सहभागी थिए ।

तुलसीपुरमा आयोजित विरोध सभालाई केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले सम्बोधन गरेका छन् ।

कार्यक्रममा नेता डिल्लीबहादुर चौधरी, लुम्बिनी प्रदेशका सांसद शंकर गिरी, सभापति घनश्याम ढकाललगायतको उपस्थिति रहेको थियो ।

कांग्रेसले प्रदर्शन गरेपछि कम्युनिस्टहरूलाई तनाब भएको छ । वक्ताहरूले कांग्रेस ओली र कम्युनिस्टको अधिनायकवाद र असंवैधानिक कदमविरुद्ध सडकमा आएपछि कम्युनिस्टहरू दुलाभित्र पसेको बताए ।

Published : Saturday, 2021 January 9, 10:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया