नेकपाको आन्तरिक विवादले संविधान भत्कियोः प्रचण्ड

घोराही । नेपाली कांग्रेसका युवा नेता एवम् नेविसंघका पूर्वसह–महामन्त्री प्रचण्डबिक्रम न्यौपानेले संविधान भत्काउन नपाइने बताएका छन् ।

दाङको क्षेत्र नं. २ ‘ख’मा कांग्रेसले शनिबार आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै न्यौपानेले नेकपाको आन्तरिक गठबन्धन भत्किदा संसद विघटन गरेको बताए । उनले अहिलेको संविधानले संसद विघटन गर्ने कुरा उल्लेख नरहेको बताए ।

नेकपाभित्रको आन्तरिक लडाइँमा मुलुकको संविधानलाई भत्काउन नपाइने बताए ।

Published : Saturday, 2021 January 9, 8:43 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया