ओलीविरुद्ध खोटाङको हरमटारमा कांग्रेसको प्रदर्शन

रावाबेसी । नेपाली कांग्रेस खोटाङले प्रदेश सभा ‘क’मा प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध भब्य प्रदर्शन गरेको छ ।

शनिबार रावाबेसीको हरमटारमा भएको प्रदर्शनमा कांग्रेसका नेता कार्यकर्ताहरूको उपस्थिति रहेको कांग्रेस नेतृ विमला राईले जानकारी दिएकी छिन् । सयौं कार्यकर्तासहित नारावाजीमा उत्रिएका प्रदर्शनकारीले ओली सरकारविरुद्ध चर्का नारावाजी लगाएका छन् ।

कांग्रेस नेतृ राईसहितका नेताहरूले विरोध सभालाई सम्बोधन गरेका थिए । उनीहरूले संसद विघटन गरेर कम्युनिस्टहरूले आफ्नो अधिनायकवादी चरित्र देखाएको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओली र नेकपाको सरकारविरुद्ध कांग्रेसले देशभरि प्रदर्शन गरेको छ । प्रदर्शनमा लाखौँ नेता कार्यकर्ता सहभागी भएका छन् ।

Published : Saturday, 2021 January 9, 8:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया