कांग्रेसद्वारा नेता कार्यकर्ताहरूको उच्च मूल्यांकन, प्रदर्शनमा सहभागीलाई बधाई

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको संसद विघटनविरुद्धको आन्दोलनमा सहभागी सबैलाई धन्यावाद दिएका छन् ।

सभापति देउवाले शनिबार साँझ विज्ञप्ति जारी गरेर प्रदर्शनमा सहभागी सबैलाई बधाइ तथा आधार व्यक्त गरेका हुन् ।

‘केपी ओलीको नेतृत्वमा रहेकोे नेकपाको सरकारले गरेको संसद विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम एवं सर्वसत्तावाद, कुशासन र भ्रष्टाचारविरुद्ध शनिबार देशव्यापी रूपमा भएको शान्तिपूर्ण प्रदर्शनले नेपाली जनताको भावनालाई अभिब्यक्त गरेको छ’, देउवाले भनेका छन् ।

उनले भने, ‘कांग्रेसको आयोजनामा ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा भएको विरोध प्रदर्शनमा व्यापक रुपमा सहभागी हुनुभएका सबैलाई म बधाई तथा आभार व्यक्त गर्दछु ।’

‘प्रदर्शन सफल बनाउन अहोरात्र लाग्नुभएका प्रदेश सभा क्षेत्रीय कार्यसमितिका साथीहरूसंगै पार्टीको सबै तहका आदरणीय साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरू, पार्टीका शुभचिन्तक र शुभेच्छुकहरुमा बधाई ज्ञापन गर्दछु ।’

‘पुस १३ को प्रदर्शनमा झैं आजको प्रदर्शनमा पनि सामाजिक संजालमार्फत सकृय भूमिका निर्वाह गर्ने विशेषतः युवा पंक्तिलाई विशेष बधाई ज्ञापन गर्दछु’, सभापति देउवाले भनेका छन् ।

‘निरन्तर समाचार सम्प्रेषण गरेर प्रदर्सनमा योगदान पु¥याउने आदरणीय पत्रकार मित्रहरूमा नेपाली कांग्रेसका तर्फबाट धन्यवाद ज्ञापन गर्दछु’, देउवाले भनेका छन् ।

Published : Saturday, 2021 January 9, 7:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया