बयलगाढा र अधिनायकवाद खोज्ने ओलीलाई तरुणले घुँडा टेकाउँछौँः उपाध्यक्ष चापागाइँ

थिमि । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका उपाध्यक्ष उत्तम चापागाइँले प्रधानमन्त्री केपी ओलीले अधिनायकवाद ल्याउनका लागि मुलुकमा संसद विघटन गरेर ‘फण्डा’ गरेको आरोप लगाएका छन् ।

नेपाल तरुण दल मध्यपुर थिमि नगर कार्यसमितिले शुक्रबार भक्तपुरमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै चापागाइँले ओलीले निर्वाचन गराउनका लागि संसद विघटन नगरेको बताए । उनले संविधानलाई च्यातेर मुलुकमा कम्युनिस्ट अधिनायकवाद ल्याउन संसद विघटन गरेको बताएका छन् ।

‘केपी ओलीको एउटा फण्डा हो । नाटक हो । निर्वाचन यहि हालतमा ओलीले गराउँदैनन्’, उनले भने, ‘यस्तो कार्यक्रमबाट मात्रै ओलीको सरकार डराउँदैन । अलोकतान्त्रिक कदम सच्याउनेवाला पनि छैन ।’ तरुण उपाध्यक्ष चापागाइँले ओलीको अलोकतान्त्रिक कदमलाई सच्याउन दवाव दिनका लागि देशभरिका तरुण युवाहरू सडकमा आउनुपर्ने बताए ।

उनले कांग्रेसको नेतृत्वमा बनेको संविधानको संरक्षण कांग्रेसले नै गर्नुपर्ने बताएका छन् । ‘०७ सालमा जनताको संविधानसभाबाट संविधान बन्नुपर्छ भन्ने कांग्रेसको आवाज थियो’, उनले भेन, ‘०१५ सालमा जसरी राजा महेन्द्रले कांग्रेसको दुईतिहाइको सरकार जसरी सिध्याउन लागे । संविधान बनाउन दिएनन् । त्यसै गरी ओली कांग्रेसको नेतृत्वमा जनताको संविधानसभाबाट बनेको संविधान च्यात्न लागेका छन् ।’

तरुण उपाध्यक्ष चापागाइँले ओलीलाई प्रतिगामी कदम सच्याउनका लागि तरुणहरूले दवाव सिर्जना गर्नै पर्ने बताए । ‘ओलीको प्रतिगामी कदम सच्याउनका लागि तरुण दलले ओलीलाई घुँडा टेकाएर छाड्नेछ’, उनले भने, ‘यो संविधानको माया कांग्रेसलाई मात्रै छ ।’

‘हामीले आन्दोलन गर्दै गर्दा ओलीले बयलगाढा चढेर अमेरिका जाने सपना नदेख्न भनेका थिए’, उनले भने, ‘नेपाली जनताले गणतन्त्र विरोध ओलीलाई सबैभन्दा धेरै मत दिएर सरकारमा पुर्‍याए ।’
‘ओलीलाई सत्तामा पुर्‍याउनुनै हाम्रो गल्ती छ । यो सरकार बनेको थिएन भने वामपन्थीहरूले पटक पटक झुक्काइ रहन्थे’, चापागाइँले भने, ‘हामीलाई फेरि कम्युनिस्टहरूले झुक्काएका छन् । ओलीको असंवैधानिक कदमलाई सच्चाएर मुलुकलाई सहि बाटोमा हिडाउनुपर्छ ।’

‘जनताले कम्युनिस्टबाट पक्कै चेतेका होलान्’, उनले भने, ‘कम्युनिस्टलाई बुझेका जनतालाई तरुण दल र कांग्रेसले बुझाउनेछ ।’

ओलीले संविधान उल्लंघन गरेर प्रधानमन्त्री पदमा शपथ लिएको तरुण उपाध्यक्ष चापागाइँले बताए ।

‘ओलीले सांसद पदको शपथ नलिएर पार्टीको अध्यक्षको हैसियतमा शपथ लिए, जुनदिन तत्कालीन प्रधानमन्त्रीले संविधानले दिएको अधिकार तीन जना सांसद राष्ट्रपति समक्ष सिफारिस गर्दै गर्दा राष्ट्रपति विवादमा तानिने काम भयो’, उनले भनेका छन्, ‘त्यसै दिनबाट हामीले तरुण दलले सडकमा संघर्ष शुरु गरेको थियो ।’

‘ओली इमान्दार छैनन् । उनी बदमास हुन् भन्ने कुरा हामीलाई थाहा थियो’, उनले भने, ‘ओली कहिँबाट सञ्चिालित व्यक्ति हुन्, ओलीले संविधान मान्नेवाला छैनन् भन्ने हामीले बुझेका थियौँ । आखित त्यो देखियो ।’

‘ओली कति भ्रष्टाचारी छन् भन्ने कुरा उनीसँग पचास वर्ष एउटै ओछ्यानमा बसेका उनकै साथीहरूले बरबराहटका साथ तपाई हामीलाई सुनाउनेवाला छन्’, चापागाइँले भनेका छन् ।

‘मुलुकमा निर्वाचन हुनुपर्छ । गैरसंवैधानिक कदम सच्याउन दावव दिनुपर्छ’, उनले भने, ‘चार महिना मात्रै प्रधानमन्त्री खानका लागि ओलीद्वारा संसद विघटन गरिएको छैन ।’

उनले भने, ‘जनताबाट आएका प्रतिनिधिले ल्याएको संसद र संविधान खारेज गर्दै गर्दा संविधान मिच्ने काम भएको छ ।’

उनले निर्वाचन कांग्रेसको नेतृत्वमा मात्रै भएको भन्दै ओलीले कुनै पनि हालतमा निर्वाचन नगराउने बताए ।

Published : Friday, 2021 January 8, 11:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया