भक्तपुरमा महेश बस्नेतका कार्यकर्ताहरूलाई गगन थापाद्वारा स्वागत

भक्तपुर । नेपाल तरुण दल मध्यपुर थिमि नगर कार्यसमितिले भक्तपुरमा आयोजना गरेको विरोध सभामा राप्रपा र नेकपाका करीव तीन सय नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

थिमिमा शुक्रबार आयोजित प्रधानमन्त्री केपी ओलीविरुद्धको प्रदर्शनमा नेकपा र राप्रपका नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेको भक्तपुर तरुण दलका सदस्य राजु थापाले जानकारी दिए ।

उनीहरूलाई कांग्रेसका युवा नेता गगन थापा, तरुण दलका अध्यक्ष जितजंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाइँ, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले स्वागत गरेका थिए ।

राप्रपाको भातृ संस्था युथ भोलुन्टरका भक्तपुरका कार्यबाहक अध्यक्षसहित ९० जना युवा तरुण दल भक्तपुरमा प्रवेश गरेका छन् ।

नेकपाका नेता एवम् विघटित प्रतिनिधि सभाका सांसद महेश बस्नेतको गृहनगर सूर्यबिनायक नगरपालिकाको गुन्डुबाट करीब ४५ जना नेकपा छाडेर कांग्रेस प्रवेश गरेका छन् ।

Published : Friday, 2021 January 8, 6:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया