ओलीविरुद्ध काठमाडौंमा नेविसंघको अनौठो प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमविरुद्ध काठमाडौंमा भब्य प्रदर्शन गरेको छ ।

काठमाडौंको माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म नेविसंघले शुक्रबार ओलीको असंवैधानिक कदमविरुद्ध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनपछि आयोजित सभालाई नेविसंघका अध्यक्ष राजीव ढुंगानाले सम्बोधन गरेका थिए ।

नेविसंघले उल्टो हिँडेर संसद विघटनको विरोध गरेको थियो । नेविसंघका नेता कार्यकर्ताले ओलीविरुद्ध चर्का नाराबाजी समेत गरेको छ ।

Published : Friday, 2021 January 8, 6:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया