प्रधानमन्त्री ओलीका ‘विशेष मान्छे’ बिग्रिएको कुरा मिलाउन भारत जाने

धनगढी । नेपाल–भारतबीच सम्बन्ध सुधारका प्रयासहरू भइरहेका बेला प्रधानमन्त्री केपी ओलीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत भ्रमणमा जान लागेको बताएका छन् ।

कैलालीको धनगढीमा शुक्रबार नेकपाको सभालाई सम्बोधन गर्ने क्रममा ओलीले जनवरीको १४ तारिखमा मन्त्री ज्ञवाली भारत जान लागेको बताए ।

भारत भ्रमणका बेला मन्त्री ज्ञवालीले गौरीफन्टा नाका सहज बनाउने विषयमा सम्वाद हुने बताएका छन् । उनले दुई देशबीचको सम्बन्धमा सुधार हुने पनि बताएका छन ।

नेपाल–भारतबीच कालापानी, लिपुलेक र लिम्पियाधुराका विषयमा विवाद भएका बेला प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री ज्ञवालीलाई पहिलो पटक भारतसँग कुरा गर्न पठाउन लागेका छन् ।

लिपुलेक, कालापानी र लिम्पियाधुराका विषयमा भारतसँग मन्त्री ज्ञवालीले कुरा गर्छन् वा गर्दैनन् सम्बोधनका क्रममा ओलीले केही भनेका छैनन् ।

Published : Friday, 2021 January 8, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया