चीको अर्को कर्तुत बाहिरियो, विश्वकै चर्चित धनी व्यापारी ज्याक मा गायब

लण्डन । चिनियाँ अरबपति व्यापारी अलिबाबा समूहका संस्थापक ज्याक मा दुई महिनादेखि बेपत्ता रहेको खुलासा भएको छ ।

सामाजिक संजाल ट्वीटरमा केही न केही लेखिरहने ज्याक मा विगत २ महिनादेखि देखिएका छैनन् । ज्याक मा चीनका तेस्रा धनी ब्यापारी मानिन्छन् ।

अलिबाबाको माध्यमबाट चीनमा अनलाइन सपिङको क्षेत्रमा ज्याक माले क्रान्ति गरेका छन् ।

अनलाइन ब्यापारको दुनियाँका बादशाह मानिने ज्याक माले चर्को ब्याज असुल्ने बैंक तथा बित्तीय संस्थाहरूको बिरोध गर्द आएका छन् ।

चीन सरकारको स्वामित्वमा रहेका बैंकहरूले चर्को ब्याज असुली गरेको विषयमा ज्याक माले आलोचना गरेपछि उनीमाथि निगरानी शुरु भएको थियो ।

उनले चर्को ब्याज असुल्ने विश्वकै बैैंकलाई ‘बुर्जुकहरुको क्लव’को संज्ञा दिएका थिए । उनको यही भाषणका कारण चिनियाँ कम्युनिष्ट पार्टी भड्किएको आशंका गरिएको छ ।

ज्याक माले बैंकहरूको बिषयलाई लिएर गरेको आलोचनालाई चिनियाँ कम्युनिष्ट पार्टीमाथिकै आक्रमणका रुपमा बुझ्यो । ज्याकले बैंक तथा वित्तीय संस्थाको नियमलाई लिएर गरेको आलोचनापछि उनका दुर्दिन शुरु भएका थिए । उनको ब्यापारमाथि चीनले एकपछि अर्को प्रतिबन्ध लगाउँदै गएको छ ।

नोभेम्बर महिनामा चिनियाँ अधिकारीहरूले ज्याक माको ब्यापारमा ठूलो झट्का दिए । उनको स्वामित्वमा रहेको एन्ट गु्रपको ३७ अर्ब डलर बराबरको आइपीओ निलम्बन गरिएको छ ।
वाल स्ट्रीट जर्नलको रिपोर्ट अनुसार ज्याक माको एन्ट ग्रुपको आइपीओ रद्द गरिसकेपछि उनलाई देशबाट बाहिर जान समेत रोकिएको छ ।

क्रिसमसको पूर्वसन्ध्यामा अलिबाबा ग्रुपको छानबिन नसकिएसम्म उनलाई देश बाहिर जान नपाउनेगरी प्रतिबन्ध लगाइएको थियो ।

भारतीय मिडियाहरुले त ज्याक मालाई चिनियाँ राष्ट्रपति सि जिन पिङकै आदेशमा बेपत्ता बनाइएको आरोप लगाएका छन् । विश्वका करोडौं मानिसले ज्याकलाई आदर्शका रुपमा लिने गर्दछन् ।

चीनमा आलोचकहरूलाई ज्याक मालाई जस्तै आवाज दबाउने गरिएका अरु उदाहरण पनि छन् । चीनले यस्ता आलोचकलाई नजरबन्द गर्दैआएको छ ।

त्यसमा ब्यापारी पनि छन् । यसअघि राष्ट्रपति सि जिन पिङको बिरोध गर्ने प्रपर्टी बिजनेसम्यान रेन झिकियाङ बेपत्ता पारिएका थिए ।

उनले कोरोना सही तरिकाले नियन्त्रण गर्नका लागि सि जिन पिङले नसेकेको बताएका थिए । उनलाई त्यति भनेबापत १८ वर्षको जेल सजाय तोकिएको छ । उनी अहिले जेलमा छन् । चीनका एक अर्का अरबपति शिआन जिआनहुवा सन् २०१७ देखि जेलमा छन् ।

Published : Friday, 2021 January 8, 10:19 am

फेसबुकबाट तपाईको प्रतिक्रिया