चितवनको वीरेन्द्रनगरमा शनिबार भब्य प्रदर्शन हुने, खतिवडाले सम्बोधन गर्ने

भरतपुर । नेपाली कांग्रेस चितवन, क्षेत्र नं. १ ‘क’ले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध शनिबार भव्य प्रदर्शनको तयारी गरेको छ ।

पुस २५ गते दिउँसो १ बजे वीरेन्द्रनगर चोकमा कांग्रेसले ओलीविरुद्ध प्रदर्शन गर्न लागेको हो ।

विरोध सभालाई कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडासहितका नेताहरूले सम्बोधन गर्नेछन् ।

कांग्रेसले लोकतान्त्रिक मूल्य, मान्यता तथा संविधानको भावना र मर्म विपरित संसद विघठन लगायतका सर्वसत्तावादी कम्युनिस्टतन्त्रका विरुद्धको विरोध प्रदर्शनमा सहभागी हुन अपील गरेको छ ।

Published : Friday, 2021 January 8, 8:29 am

फेसबुकबाट तपाईको प्रतिक्रिया