ओलीको जिल्लामा शुक्रबार तरुण दलको प्रदर्शन, गगन–बस्नेत–चापागाइँलगायतले सम्बोधन गर्ने

भक्तपुर । नेपाल तरुण दल मध्यपुर थिमि नगर कार्यसमितिले शुक्रबार प्रधानमन्त्री केपी ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमको विरोधमा विरोध कार्यक्रम राखेको छ ।

विरोध सभालाई कांग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले सम्बोधन गर्नेछन् । थापाका साथै नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेत र उपाध्यक्ष उत्तम चापागाइँ, भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापा, भक्तपुर तरुण दलका अध्यक्ष राजु थापालगायतका नेताहरूले सम्बोधन गर्ने नगर अध्यक्ष पुरु खड्काले जानकारी दिएका छन् ।

नेपाल तरुण दल भक्तपुरका सदस्य राजु पुरीले शुक्रबार हुने प्रदर्शनको सम्पूर्ण तयारी पूरा भएको बताए । उनले शुक्रबार साढे १२ बजे नगरपालिका चोक, बाहाखा बजारमा जम्मा भएर विरोध र्‍यालीसहित साढे १ बजे बालकुमारी मन्दिर प्राङ्गणमा पुगेर विरोध सभामा परिणत हुने बताए ।

भक्तपुर प्रधानमन्त्री ओलीको गृहजिल्ला पनि पर्छ । बालकोटमा ओलीका आफ्नै भब्य घर पनि छ । ओलीको घरबाट केही मिनटको दुरीमा तरुण दलले भब्य प्रदर्शन गर्न लागेको हो ।

Published : Thursday, 2021 January 7, 5:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया