भोजपुर कांग्रेसका नेता चापागाइँ अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँका दाई समेत रहेका भोजपुर कांग्रेसका जिल्ला सदस्य मनोज चापागाइँ अस्पताल भर्ना भएका छन् ।

नेपाल रुद्राक्ष व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष समेत रहेका चापागाइँ संखुवासभाको तुम्लिङटारमा लडेर घाइते भएका हुन् । उनको देव्रे खुट्टा र दाहिने हात फ्याक्चर भएको तरुण दलका उपाध्यक्ष चापागाइँले जानकारी दिए ।

चापागाइँलाई काठमाडौंको जोरपटीस्थित अर्थोपेडिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ ।

Published : Thursday, 2021 January 7, 9:06 am

फेसबुकबाट तपाईको प्रतिक्रिया