सर्वोच्चमा ओलीलाई ‘सानो झड्का’ लाग्यो

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की संसद विघटनको सुनुवाइ भइरहेको संवैधानिक बेञ्चमा नबस्ने भएका छन् ।

बुधबारको सुनुवाइमा अधिवक्ताहरूले न्यायाधीश कार्कीले प्रधानमन्त्री केपी ओलीविरुद्धको मुद्दा हेर्न नमिल्ने बताएका थिए ।

अधिवक्ताहरूले संवैधानिक इजलासमा रहेका न्यायाधीश कार्कीमाथि प्रश्न उठाएपछि बेञ्चमा नबस्ने भएका हुन् ।

वरिष्ठ अधिवक्ता शम्भु थापाले आफूले न्यायाधीश कार्कीको इमानमा प्रश्न नगरेको भए पनि उनी यसअघि ओली प्रधानमन्त्री हुँदा महान्यायाधीवक्ता भइसकेकाले यो इजलासमा कार्की हुँदा प्रश्न उठेको बताएका थिए ।

वकिलहरूले इजलासमा बस्ने वा नबस्ने निर्णय न्यायाधीश कार्कीले नै गर्नुपर्ने बताएका थिए ।

न्यायाधीश कार्कीले बुधबारदेखि आफू संसद विघटनसम्बन्धी मुद्दाको इजलासमा नबस्ने निर्णय गरेका छन् ।

पुस १० गतेको संवैधानिक इजलासमा न्यायाधीश कार्की समावेश भएपछि वकिलहरूले आपत्ति जनाएका थिए ।

Published : Wednesday, 2021 January 6, 5:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया