निजामती कर्मचारीले दिए तरुण दललाई नयाँ नक्सा, ७७ वटै कार्यालयमा राखिने
काठमाडौं । नेपाल तरुण दलका ७७ वटा जिल्ला कार्यालयहरूमा राख्नका लागि नेपाल निजामती कर्मचारी संघले निःशुल्क उपलब्ध गराएको छ ।
नेपाली कांग्रेस निकटको संघले आइतबार तरुण दलका अध्यक्ष जितजंग बस्नेतलाई ७७ वटा जिल्ला कार्यालयहरूका लागि नेपालको नयाँ नक्सा उपलब्ध गराएको हो ।
संघले दिएको नयाँ नक्सालाई तरुण दलको सबै जिल्ला कार्यसमितिहरूलाई एक–एक वटा नक्सा पठाइने तरुण दलका अध्यक्ष बस्नेतले बताएका छन् ।
लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर नयाँ नक्सा जारी भएको छ । नेपाली भूमि लिम्पियाधुरा, कालापानी र लिपुलेकलाई भारतले कब्जा गरेर राखेको छ ।
सो क्षेत्रमा भारतले बाटो निर्माण गरेर चीनसँगको व्यापार खोल्ने तयारी गरेको छ ।
Published : Sunday, 2021 January 3, 8:17 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया