ओलीका शक्तिशाली मान्छेको पद खोसियो, शीतलनिवास र बालुवाटारलाई तनाब

विराटनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूह नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले प्रदेश १ को संसदीय दलको नेताबाट शेरधन राईलाई हटाएको छ ।

बिहीबार बसेको बहुमत सांसदको बैठकले राईलाई हटाएर आचार्यलाई संसदीय दलको नेता चयन गरेको एक नेताले बताएका छन् ।

प्रधानमन्त्री केपी ओली निकटका मुख्यमन्त्री राईराई प्रचण्ड–माधव समूहले हटाएको जनाएको छ ।

मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको जनाइएको छ । राईलाई हटाएर प्रचण्ड–माधव समूहले भीम आचार्यलाई मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।

प्रदेश १ मा नेकपाका ६७ सांसद छन् । उनीहरूमध्ये ३७ जनाले राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका छन् । बुधबारको बैठकमा भने ३६ जना प्रदेश सांसद उपस्थित थिए ।

मुख्यमन्त्री राई राष्ट्रपति विद्यादेवी भण्डारी निकट पनि मानिन्छन् । भण्डारीकै दवावमा ओलीले राईलाई प्रदेश १ को मुख्यमन्त्री बनाएको चर्चा त्यस बेला थियो । भण्डारी र राईको गृहजिल्ला भोजपुर पर्छ ।

Published : Thursday, 2020 December 31, 12:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया