नेकपाकै नेताले खुलाए चीनको शक्तिशाली नेपाली एजेन्टको नाम

काठमाडौं । नेपालको आन्तरिक राजनीतिक मामिलामा हस्तक्षेप गर्न आएको चिनियाँ टोली जिल परेर बेइजिङ फिर्ता भएको छ ।

चार दिन काठमाडौंमा बसेर राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल, झलनाथ खनाल, कांग्रेस सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईलगायतलाई भेटेको चिनियाँ टोली बुधबार निराश हुँदै स्वदेश फिर्ता भएको हो ।

नेकपा फुटेपछि बेइजिङले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी) को अन्तर्राष्ट्रिय विभागका उप–मन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली काठमाडौं पठाएको थियो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छी नेकपालाई फुट्नबाट बचाउन नसकेपछि येचौको टोलीलाई बोलाएकी थिइन् ।

येचोको टोलीले नेकपालाई पुनः एकीकरण हुन दवाव दिएको थियो । चिनियाँ टोलीले संसद पुनःस्थापना गर्न पनि दवाव दिएको छ ।

चिनियाँ टोलीले नेपालमा रहेका आफ्ना एजेन्टहरूलाई पनि भेटेको चर्चा छ । नेपाल प्रहरीको सुरक्षा नलिएर राजनीतिक भेटघाट गरेको चिनियाँ टोलीले गोप्य कुराहरू लिक हुने डरले नेपाली सुरक्षाकर्मीको सुरक्षा लिएको थिए ।

जतिनै गोप्य भेटवार्ताहरू गरे पनि चिनियाँ टोलीले नेपालमा यस पटक भनेअनुसार गर्न सकेन ।

नेकपाका एक जना नेताले फेसबुकमा काठमाडौंमा रहेका चीनका शक्तिशाली एकजना एजेन्टको नामै लेखेर चिनियाँ टोली निराश भएर गयो भन्ने पढे कुरा के हो भनेर सोधेका छन् ।

ती नेताले फेसबुकमा लेखेका छन्, ‘ प्रिय मित्र …, नेकपाकै नेताले बनाए चिनियाँहरूलाई निराश भन्ने कुरा पढेँ । तर, नेपाली जनताले आफ्नो सारै असल छिमेकीलाई निराश पार्ने छैनन् ।’

Published : Wednesday, 2020 December 30, 1:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया