केपी ओलीले ‘सामाजिक जनवादी पार्टी’को नाम प्रस्ताव गरेको खुलासा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले तत्त्कालीन नेकपा (एमाले)को नाम परिवर्तन गरेर ‘सामाजिक जनवादी पार्टी’ बनाउन प्रस्ताव गरेको खुलासा भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो वरीयताका अध्यक्ष माधवकुमार नेपालले पत्रकार ऋषि धमलासँगको अन्तर्वार्तामा ओलीले कम्युनिस्ट भन्ने नाम हटाएर ‘सामाजिक जनवादी पार्टी’ नाम प्रस्ताव गरेको बताए ।

‘केपी ओलीलाई कम्युनिस्ट भन्ने शब्दनै मन पर्दैन’, नेता नेपालले भने, ‘उति बेलानै ओलीजीले पार्टीको नामबाट कम्युनिस्ट शब्द हटाउन प्रस्ताव गर्नुभएको थियो ।’

अध्यक्ष नेपालले ओलीमा कम्युनिस्टको गुणनै नरहेको बताए । उनले भने, ‘कम्युनिस्टमा हुने गुण ओलीमा छैन ।’

प्रधानमन्त्री ओलीलाई ‘बा’ भनेर सम्बोधन गर्दा खुसी हुने गरेको बताएका नेता नेपालले भने, ‘केपी ‘बा’ । कस्तो ‘बा’ ? उहाँलाई कमरेड भनेको मन पर्दैन । लाल सलाम भनेको मन पर्दैन । कम्युनिस्टको अन्तर्राष्ट्रिय गीत मन पर्दैन ।’

‘ओलीजी सर्वज्ञानी हुँभन्ने ठान्नु हुन्छ । उहाँ फोटो पूजक हो । किताबमा प्रत्येकमा उहाँले फोटो राख्न लगाउनु हुन्छ । देखाइदिउँ किताव ?’, नेपालले भने, ‘सडकमा फोटो टाँस्न लगाउनुभयो । केटाहरूलाई लगाएर रातारात फोटो टाँस्न लगाइयो । ओली राजनेता होइन । उहाँमा संकृणता छ ।’

झापा आन्दोलनमा ओलीको कुनै पनि भूमिका नरहेको नेपालले बताए । झापाबाट भागेर मोरङ आएका बेला ओलीलाई आफूले संरक्षण गरेर राखेको उनले बताए ।

Published : Wednesday, 2020 December 30, 10:45 am

फेसबुकबाट तपाईको प्रतिक्रिया