चिनियाँ टोलीसँग देउवाले एक्लै भेट्न मानेनन्, भेटका क्रममा राखे पार्टीका नेताहरू

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले चिनियाँ कम्युनिस्ट पार्टी (सीसीपी)को टोलीसँग एक्लै भेट्न अस्वीकार गरिदिएका छन् ।

काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै निवासमा मंगलबार बिहान भएको चिनियाँ टोलीसँगको भेटमा देउवाले कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा.नारायण खड्का, परराष्ट्र विज्ञ दिनेशचन्द्र भट्टराईलाई साथमा राखेर भेटघाट गरेका हुन् ।

देउवासँग भेट्न चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग उप–मन्त्री गुओ यैचोल नेतृत्वको प्रतिनिधिभण्डल बुढानिलकण्ड पुगेको देउवाको निजी सचिवालयले जनाएको छ ।

भेटवार्तामा दुई देशबीचको सम्वन्ध अझ प्रागाढ बनाउने विषयमा कुराकानी भएको प्रेस नोटमा उल्लेख छ । नेपाली कांग्रेस र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्वन्ध थप सुदृण गर्ने लगायतका द्विपक्षीय हितका विषयमा पनि कुराकानी भएको निजी सचिवालयले जनाएको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएको चौथो दिनमा बोइजिङबाट काठमाडौं आएको चिनियाँ टोलीले नेकपालाई मिलेर जान दवाव दिँदै आएको छ । चिनियाँ टोलीले संसद पुनःस्थापना गर्न नेकपाका नेताहरूलाई दवाव दिएका समाचार आइरहेका छन् ।

नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेकपाको विवाद मिलाउन नसकेपछि बेइजिङले चार सदस्यीय उच्चस्तरीय टोली काठमाडौं पठाएको छ ।

Published : Tuesday, 2020 December 29, 12:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया