सर्वोच्च अदालतलाई दवाव दिनु हुँदैन, अन्तिम फैसला कांग्रेसले मान्छः गोविन्द भट्टराई

दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले अदालतमा विचाराधीन रहेको मुद्धाको अन्तिम फैसला पर्खनु पर्ने बताएका छन् ।

गृहजिल्ला तनहुँको दमौलीमा सोमबार आयोजित सरकार विरोधी सभालाई सम्बोधन गर्ने क्रममा नेता भट्टराईले सर्वोच्च अदालतले दिन अन्तिम फैसलालाई कांग्रेसले मनेर अगाडि बढ्ने बताए ।

उनले संविधानको ब्याख्या गर्ने जिम्मेवारी संविधानले सर्वोच्च अदालतलाई दिएकाले त्यो विषयमा अन्तिम फैसला नआउँदासम्म बोल्नु हतार हुने बताएका छन् ।

‘अदालतमा संसद विघटनको मुद्धा विचाराधीन छ । अदालतले एउटा फैसला गर्ला’, नेता भट्टराईले भने, ‘अदालतले संसद पुनःस्थापना गर्ला वा निर्वाचनमा जाउ भन्ला । त्यसलाई मान्नुपर्छ । कांग्रेस सर्वोच्च अदालतको फैसलालाई मान्छ ।’

‘हामीले संविधान बनाउँदा संविधानको भाग १२ मा के लेखेका छौँ भने । हाम्रो नेताहरूले यो संविधानको अन्तिम ब्याख्या गर्ने जिम्मेवारी सर्वोच्च अदालतलाई सुम्पनुभएको छ । सुम्पिएको अवस्था छ’, उनले भने, ‘म त संविधान सभामा थिइन । नेपाली कांग्रेसले संवैधानिक सर्वोच्चतामा विश्वास गर्छ ।’

‘अदालतले के निर्णय देला ? अदालतले दिएको निर्णय । संसद पुनःस्थापनाको निर्णय दियो भने यो पनि ठीकै भयो । निर्वाचनको निर्णय दियो भने पनि कांग्रेस निर्वाचनमा जान तयार छ ।’

उनले भने, ‘मलाई लाग्छ देशमा सहज निर्वाचन हुने अवस्था छैन । नेपाली कांग्रेस निर्वाचनबाट भाग्ने कुरै भएन । पञ्चायले गरेको जनमतसंग्रहमा पनि कांग्रेसले भाग लिएको हो । कांग्रेस निर्वाचनबाट भाग्दैन । निर्वाचन गराउने हो कि होइन त्यसको आशंका कांग्रेस पार्टीलाई छ ।’

कांग्रेसका नेता भट्टराईले सर्वोच्च अदालतले संसद पुनःस्थाना गरिदियो भन्यो कांग्रेस तेस्रो पार्टीमा समेटिने बताए । उनले अदालतले चुनावमा जान भन्यो भने सरकारलाई दवाव दिएर समयमा चुनाव गराउनुपर्ने बताएका छन् ।

केन्द्रीय सदस्य एवम् तरुण विभागका प्रमुख शंकर भण्डारीले कांग्रेस निर्वाचनबाट डराउने पार्टी नभएको बताए । उनले भने, ‘चुनावमा जानुपर्छ । अदालत सबैभन्दा ठूलो हो । विधि र विधान मान्नुपर्छ ।’

‘मेरो विश्लेषणमा अहिले पनि कम्युनिस्टले सरकार चलाउनुस् । मिलेर चलाउनुस् । समृद्धि हुन्छ कि भनेर कम्युनिस्टलाई जनताले भोट हालेका छन्’, भण्डारीले भने, ‘सरकार पाँच वर्ष चलाउन सक्नुभएन । जनतासमक्ष भोट माग्न कम्युनिस्टहरू नआउनुस् । कांग्रेसलाई एकलौटी देश चलाउन दिनुस् ।’

वरिष्ठ नेता रामचन्द्र पौडेलले एकदुई जना ठालु पार्टीमा रहेको भन्दै सभापति शेरबहादुर देउवाका नाम नलिएर आलोचना गरे । उनले संवैधानिक परिषदमा मिलाएर आफ्ना मान्छे हालेको भन्दै असन्तुष्टि जनाए । पौडेलले सर्वोच्च अदालतलाई संविधान र कानूनलाई राम्रोसँग पढेर फैसला गर्न सुझाव दिएका छन् ।

Published : Tuesday, 2020 December 29, 12:14 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया