बामदेवको गृहजिल्ला बर्दियामा कांग्रेसको शानदार प्रदर्शन, हजारौँ कार्यकर्ता सहभागी

बर्दिया । नेपाली कांग्रेस बर्दियाले प्रधानमन्त्री केपी ओलीको असंवैधानिक कदमको विरोधमा भव्य प्रदर्शन गरेको छ ।

सोमबार बर्दिया क्षेत्र नं. २ ले राजपुरमा प्रधानमन्त्री ओलीका विरुद्ध प्रदर्शन गरेको कांग्रेसको केन्द्रीय संगठन विभागका सदस्य एवम् युवा नेता जन्मजय तिमल्सिनाले जानकारी दिए ।

‘कम्युनिष्ट सरकारको असंवैधानिक संसद विघटन, सर्वसत्तावाद र भ्रष्टाचारका विरुद्धमा नेपाली कांग्रेस क्षेत्र नं. २ क्षेत्रिय समिति बर्दियाले राजापुरमा विरोध प्रदर्शन गरेको छ’, नेता तिमल्सिनाले बताएका छन् ।

विरोध प्रदर्शनमा सहभागीहरूले ओलीको असंवैधानिक कदमविरुद्ध नारावाजी गर्नुका साथै राजीनामाको माग गरेका छन् । नारावाजी गर्नेहरूले संसद विघटन गर्ने निर्णयलाई फिर्ता लिन ओलीसँग माग गरेका छन् ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्ने नेताहरूले पनि कम्युनिस्ट सरकार असफल भएको भन्दै कांग्रेसले देशको शासन व्यवस्थाको नेतृत्व लिने बताएका छन् ।

बर्दिया जिल्ला नेकपाका नेता बामदेव गौतमको गृहजिल्ला पर्छ । गौतमलाई कांग्रेसले प्रतिनिधि सभा निर्वाचनमा हराइदिएको थियो ।

Published : Monday, 2020 December 28, 11:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया