चुनावका लागि तयारी अवस्थामा बसौँ, जित कांग्रेसकै हुन्छः डा.प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले निर्वाचनको लागि तयारी अवस्थामा बस्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

काठमाडौं क्षेत्र नं. ५ ले सोमबार महाराजगञ्जको नारायणगोपाल चोकमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै डा.महतले ढिलो चाँढो निर्वाचन हुने भएकाले चुनावको तयारीमा लाग्न आग्रह गरेका हुन् ।

‘सर्वोच्च अदालतले संसद पुनस्थापना गरिदियो भने दुई वर्षपछि । गरिदिएन भने वैशाखमा चुनाव हुने भएकाले निर्वाचनको तयारीमा लाग्नुहोस्’, उनले भने, ‘ढिलोचाँडो चुनाव हुन्छ । निर्वाचनको लागि तयार रहौँ । अहिले होस् वा दुई वर्षपछि होस् । हामी तयार रहौँ ।’

कांग्रेसका सह–महामन्त्री डा.महतले संसद विघटनको मुद्धा सर्वोच्च अदालतमा पुगेकाले अदालतको निर्णय पर्खनुपर्ने बताएका छन् । ‘सर्वोच्च अदालतले पुनःस्थापना ग¥यो भने दुई वर्षसम्म कम्युनिस्ट सरकार हामीले ब्यहोर्नुपर्छ । विघटनलाई यथावत राख्यो भने चुनाव गर्नुपर्छ’, उनले भने, ‘चुनाव वैशाखमा गराउन सरकारलाई दवाव दिनुपर्छ । संघर्ष गर्नुपर्छ ।’

‘हामीले दवाव दिन संघर्ष ग¥यौा भने समयमा चुनाव हुनेछ । चुनाव समयमा हुने अवस्था भएन भने चुनाव गराउन दवाव सिर्जना गर्नुपर्छ’, उनले भने, ‘समयमा चुनाव गराउन केन्द्रित आन्दोलन गर्नुपर्छ ।’

डा.महतले जनताबाट अनुमोदन नभएर मात्रै सत्तामा बस्ने अधिकार रहने बताए । ‘जनताबाट अनुमोदन नभएर सत्तामा बस्ने अधिकार कसैलाई छैन’, उनले भने, ‘चुनावलाई लम्बाएर चुनाव विनानै सत्तामा बस्ने दुश्साहस कसैले गर्छ भने त्यसलाई कांग्रेसले छाड्दैन । निर्वाचन गर्न बाध्य पार्ने छौँ ।’

डा.महतले देशको विकास र सुःखी जनता बनाउन कम्युनिस्टलाई परास्त गर्नुपर्ने बताएका छन् । उनले भने, ‘जनता सुःखी हुन र देश समृद्ध बनाउन हामीले कम्युनिस्टलाई पराजित गर्नुपर्छ ।’

सह–महामन्त्री डा.महतले निर्वाचनमा गयौँ भने कांग्रेसको जित सुनिश्चित रहेको बताएका छन् । ‘हामीबाट पनि कमीकमजोरी भएका थिए’, उनले भने, ‘अहिले संस्थागत भ्रष्टाचार भएको छ । कल्पनाभन्दा बाहिरको भ्रष्टाचार भएको छ । अहिले त मनपरि भएको छ । दिउँसोलाई रात, रातिलाई दिउँसो पार्ने गरेर शासन गरेका छन् ।’

‘सबै निकायलाई छायाँमा राखेर सरकार चलाएका छन् । अख्तियार, लोकसेवा लगायतका संवैधानिक निकायलाई जे चाह्यो त्यही गर्न भनिएको छ’, डा.महतले भने, ‘सुरक्षा निकायलाई मनपरि ढंगले चलाएका छन् ।’

कम्युनिस्ट सरकारबाट लोकतन्त्र सुरक्षति नरहेको उनले बताएका छन् । ‘नक्कली नारा दिएका छन् । सहि मानेमा जनता सुखी छैनन्’, उनले भने, ‘सरकारले जनताको काम गरेको छैन ।’

काठमाडौं क्षेत्र नं. ५ ले महाराजगञ्ज क्षेत्रमा ओलीद्वारा संसद विघटन गर्ने निर्णयविरुद्ध विरोध प्रदर्शन गरेको थियो । प्रदर्शनमा उल्लेख्य नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

Published : Monday, 2020 December 28, 2:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया