तस्वीरमा यस्तो देखियो देउवा सहभागी भक्तपुरको कार्यक्रम

भक्तपुर । नेपाली कांग्रेस भक्तपुरले मध्यपुर थिमिमा संसद विघटन भएको विरोधमा भव्य प्रदर्शन गरेको छ ।

भक्तपुर कांग्रेसका सभापति दुर्लभ थापाको नेतृत्वमा नेता कार्यकर्ताहरूले सोमबार भव्य प्रदर्शन गरेका हुन् । विरोध प्रदर्शनका क्रममा सहभागीहरूले ओलीविरुद्ध नारावाजी गरेको तरुण दलका अध्यक्ष राजु थापाले जानकारी दिए ।

पार्टी सभापति शेरबहादुर देउवा सहभागी हुने भक्तपुरको विरोध कार्यक्रममा उल्लेख्य सहभागिता रहेको छ । विरोध कार्यक्रममा युवा र महिलाहरूको उल्लेख्य सहभागिता रहेको तरुण अध्यक्ष थापाले बताए ।

राधेराधेबाट नारावाजीसहित कांग्रेसका नेता कार्यकर्ताहरू शंखधर चोकमा जम्मा भएका थिए ।

Published : Monday, 2020 December 28, 2:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया