दाङको लामहीमा कांग्रेसको शानदार प्रदर्शन, ओलीविरुद्ध नारावाजी

लमही । प्रतिनिधि सभा विघटनको विरोधमा नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ ले लमही बजारमा भव्य प्रदर्शन गरेको छ ।

सोमबार कांग्रेसका नेता कार्यकर्ताहरूले प्रधानमन्त्री खड्प्रसाद ओलीविरुद्ध नारावाजी गर्दै लमहीमा विरोध ¥याली र विरोध सभा गरिएको छ ।

विरोध प्रदर्शनमा सहभागीहरूले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीविरुद्ध नारावाजी गर्नुका साथै सरकारविरुद्ध आक्रोश पोखेको कांग्रेसका नेता गोविन्द रेग्मीले जानकारी दिएका छन् । विरोध सभामा उल्लेख कार्यकर्ताको उपस्थिति रहेको रेग्मीले जानकारी दिए ।

कार्यक्रममा केन्द्रीय सदस्य पार्वती डिसी चौधरी, केन्द्रीय सदस्य कृष्णकिशोर घिमिरे, दाङ क्षेत्र नं. १ का क्षेत्रीय सभापति भेषराज पाण्डे, निर्वातमान सांसद विमला नेपाली, किरणकिशोर घिमिरे, नेविसंघका पूर्वउपाध्यक्ष पवन यादव, कांग्रेसका नेता गोविन्द रेग्मी लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Monday, 2020 December 28, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया