देउवा र डा.कोइरालाबीच परामर्श, कांग्रेसलाई फाइदा हुनेगरी काम गर्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री डा.शशांक कोइरालासँग पछिल्लो राजनीतिक अवस्थाका विषयमा परामर्श गरेका छन् ।

सभापति देउवाले आइतबार आफ्नै निवास बुढानिलकण्ठमा डा.कोइरालासँग परामर्श गरेका हुन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा विचाराधीन विषयमा जथाभावी बोल्न थालेकै बेला देउवा र डा.कोइरालाबीच सम्वाद भएको छ ।

सभापति देउवा र महामन्त्री डा.कोइरालासँगको भेटमा महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य रमेश लेखक, डा.मीनेन्द्र रिजाललगायतका नेताहरूको उपस्थिति रहेको स्रोतले जनाएको छ ।

कांग्रेसले संसद विघटनको विरोध गरेको छ । सभापति देउवा निर्वाचनमा जानुपर्ने पक्षमा छन ।

प्रतिनिधिसभा विघटनपछि कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसद पुनःस्थापनाको मागसहित सशक्त आन्दोलनमा जानुपर्ने अडान राख्दै आएको छन् ।

देउवा र डा.कोइरालाबीच संसद विघटनविरुद्ध कांग्रेसले आह्वान गरेको देशव्यापी प्रर्दशनलाई सशक्त र संयमित बनाउनुपर्ने विषयमा पनि परामर्श भएको थियो ।

डा.काइरालासँग देउवाले १४औँ महाधिवेशनका विषयमा पनि कुराकानी गरेको जनाइएको छ ।

कांग्रेसको महाधिवेशन फागुनमा गर्ने भनिएको छ । तर, मुलुकको राजनीतिक र कोरोना महामारीले गर्दा तोकिएको समयमा हुने सम्भावना निकै कम छ ।

Published : Monday, 2020 December 28, 10:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया