काठमाडौंमा यी दश स्थानमा हुनेछ विरोध कार्यक्रम

काठमाडौं । नेपाली कांग्रेसले संसद विघटन भएको विरोधमा सोमबार देशभरि प्रदर्शन गर्दै छ । कांग्रेसले प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रहरूमा एकसाथ प्रदर्शन गर्दैछ ।

काठमाडौंका १० वटा निर्वाचनमा क्षेत्रमा दिउँसो १ बजे प्रदर्शन हुनेछ । एउटै समयमा दिउँसो १ बजे प्रदर्शन हुने सभापति सबुजकृष्ण बानियाले बताएका छन् ।

सम्बन्धित निर्वाचन क्षेत्रका नेता, केन्द्रीय सदस्य र अगुवा नेताहरूले सम्बोधन गर्नेछन् । निर्वाचन क्षेत्र नम्बर १ को नयाँबानेश्वरस्थित होटल एभरेस्ट अगाडि प्रदर्शन हुनेछ ।

निर्वाचन क्षेत्र नम्बर २ मा कोटेश्वर चोक, निर्वाचन क्षेत्र नम्बर ३ मा जोरपाटी चोक, निर्वाचन क्षेत्र नम्बर ४ मा नारायणचौर नक्साल, निर्वाचन क्षेत्र नम्बर ५ मा महाराजगञ्ज, नारायणगोपाल चोक, निर्वाचन क्षेत्र नम्बर ६ मा मनमैजु, लोकतान्त्रिक चोकमा विरोध कार्यक्रम हुनेछ ।

निर्वाचन क्षेत्र नम्बर ७ मा बालाजु चोक, निर्वाचन क्षेत्र नम्बर ८ मा बसन्तपुर डबली, निर्वाचन क्षेत्र नम्बर ९ मा कलंकी चोक र निर्वाचन क्षेत्र नम्बर १० मा कीर्तिपुर बजारमा विरोध कार्यक्रम हुनेछ ।

क्षेत्र नं. एकको कार्यक्रमलाई प्रकाशमान सिंहले सम्बोधन गर्नेछन् । क्षेत्र नं. ५ विरोध सभालाई सह–महामन्त्री डा.प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम छ ।

Published : Monday, 2020 December 28, 10:13 am

फेसबुकबाट तपाईको प्रतिक्रिया