ओलीको अर्को शक्तिशाली बिकेट झर्ने भयो, बालुवाटारमा खैलाबैला

विराटनगर । पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधवकुमार नेपाल समूहले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई हटाउन अविश्वासको प्रस्ताव दर्ता गराएको छ ।

दाहाल–नेपाल समूहले आइतबार बिहान मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएको प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिएका छन् ।

दाहाल–नेपाल समूहले नयाँ मुख्यमन्त्रीमा भीमप्रसाद आचार्यलाई प्रस्ताव गरेको छ ।

मुख्यमन्त्री राईलाई हटाउन ४० जना प्रदेश सांसदहरूले हस्ताक्षर गरेको दाबी दाहाल–नेपाल निकटका एक सांसदले जानकारी दिए ।

प्रदेश १ को प्रदेश सभामा ९३ सिट छन् । तीमध्ये नेकपाका ६७ सांसद छन् ।

प्रधानमन्त्री केपी ओली निकट मानिने मुख्यमन्त्री राईसँग २२ जना प्रदेश सांसद छन् । दाहाल–नेपाल समूहसँग ४० भन्दा धेरै प्रदेश सांस रहेको दाबी छ ।

सामाजिक विकासमन्त्री जीवन घिमिरेले आइतबार राजीनामा दिएका छन् ।

सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन् ।

शनिबार मुख्यमन्त्री राईले अर्थमन्त्री ईन्द्रबहादुर आङ्बोलाई बर्खास्त गरेका थिए ।

आफूविरूद्ध अविश्वास प्रस्ताव ल्याउन हस्ताक्षर गरेको आरोपमा मुख्यमन्त्री राईले मन्त्री आङ्बोलाई हटाएको बताएका थिए ।

यता, बागमती प्रदेशमा पनि मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध नेकपाका दाहाल–नेपाल समूहले अविश्वास प्रस्ताव दर्ता गरेका छन् ।

Published : Sunday, 2020 December 27, 11:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया