कृष्णनगरमा नेकपाका लोकप्रिय नेता रहमानसहित २५० जना कांग्रेसमा प्रवेश, शाहद्वारा भव्य स्वागत

कृष्णनगर । सत्ता र व्यक्तिगत स्वार्थका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन भएका बेला कपिलवस्तुमा नेकपाका स्थानीय लोकप्रिय नेता जनाव रहमान नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

कपिलवस्तुको क्षेत्र नम्बर ३ ‘२’ ले शनिबार कृष्णनगरमा आयोजना गरेको ‘देशमा उत्पन्न राजनैतिक संकट र नेपाली कांग्रेसको भूमिका’ विषयक कार्यक्रममा नेकपाका नेता रहमान कांग्रेसमा प्रवेश गरेका हुन् ।

रहमानसहितका दुई सय ५० जना स्थानीय नेता तथा कार्यकर्ताहरूलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता अभिषेकप्रताप शाहले प्रवेश गराएका हुन् ।

कांग्रेस प्रवेश गरेका रहमान नेकपाको नगर कमिटीको सदस्य हुन् । रहमान स्थानीय तहमा नेकपाका लोकप्रिय नेता हुन् । नेकपा विभाजन भएको एक हप्ता नपुग्दै रहमानले पार्टी छाडेर कांग्रेसमा प्रवेश गरेका छन् ।

कपिलवस्तु कांग्रेसका सभापति सुरेन्द्रराज आचार्यले नवप्रवेशीहरूलाई क्षमताका आधारमा जिम्मेवारी दिइने बताएका छन् ।

Published : Sunday, 2020 December 27, 9:28 am

फेसबुकबाट तपाईको प्रतिक्रिया