मन्त्रिमण्डल विस्तारमा गौतम नपरेपछि खुमलटारसँग वार्ता
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेता वामदेव गौतमसँग छलफल गरेका छन् ।
ललितपुरको खुमलटारस्थित निवासमा दाहालले गौतमसँग कुराकानी गरेका हुन् । दाहालले गौतमलाई आफूहरूसँगै आउन आग्रह गरेको स्रोतले जनाएको छ ।
गौतमले दाहालको नेकपामा सहभागी हुनेबारेमा स्पष्ट जवाफ दिएका छैनन् । गौतमले आफू संसद विघटनको विपक्षमा रहेको जानकारी दाहाललाई गराएका छन् ।
नेकपाका अध्यक्ष समेत रहेका केपी ओलीले शुक्रबार साँझ मन्त्रिपरिषद विस्तार गरेपछि गौतम दाहाललाई भेट्न खुमलटार पुगेका छन् ।
गौतमले उप–प्रधानसहित एउटा आकर्षक मन्त्रालय पाउने धेरै अपेक्षा थियो । ओलीले गौतमलाई शुक्रबारको मन्त्रिमण्डल विस्तारमा पारेनन् ।
Published : Saturday, 2020 December 26, 2:59 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया