नेकपा फुट्नेवित्तिकै यी मन्त्रीहरूको भाग्य खुल्यो
काठमाडौं । नेकपा विभाजन भएको तीन दिनपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
ओलीले केही मन्त्रीहरूको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले नयाँ मन्त्रीहरूको जिम्मेवारीसमेत तोकेका हुन् ।
टोपबहादुर रायमाझीलाई ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ । मणि थापा खानेपानी खानेपानी मन्त्री भएका छन् ।
प्रभु साहलाई सहरी विकास मन्त्रालयको जिम्मेवारीमा लगिएको छ । प्रेम आलेलाई वन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
गणेश ठगुन्नालाई सामान्य प्रशासन मन्त्री बनाइएको छ । गौरीशंकर चौधरी श्रममन्त्री भएका छन् । दावा लामालाई युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
जुलीकुमारी महतोलाई महिला बालबालिका मन्त्री बनाइएको छ । विमला विश्वकर्मा उद्योग राज्यमन्त्री भएकी छन् ।
मन्त्रीपदमा नियुक्त भएकाहरूले शुक्रबार साँझ राष्ट्रपतिबाट सपथ लिएका छन् । केही मन्त्रीहरूको जिम्मेवारी समेत हेरफेर भएका छन् ।
स्वास्थ्यको जिम्मेवारीमा रहेका भानुभक्त ढकाल पर्यटन मन्त्री भएका छन् । हृदयेश त्रिपाठीलाई स्वास्थ्यमन्त्री बनाइएको छ ।
कानूनमन्त्री रहेकी डा.शिवमाया तुम्बाहाङ्फेलाई भूमिसुधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
पदमा अर्याललाई कृषि मन्त्रालयको जिम्मेवारी तोकिएको छ । लीलानाथ श्रेष्ठलाई कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया