यो हो कम्युनिस्ट गफाडीहरूको नमूना, ओली र योगेशलाई तनाब

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीले देशभरिबाट तुइन हटाएर देखाउने जनाएका थिए । पहिलो पटक प्रधानमन्त्री हुँदा ओलीले तुइन हटाउने पहिलो निर्णय गरेका थिए ।

तुइन हट्ने कुरा त धेरैको पर दोस्रो कार्यकालको तीन वर्ष हुँदा पनि तुइनलाई पनि मात खुवाउने दृष्यहरू खोलामा देखिन थालेका छन् ।

ताप्लेजुङ जिल्लामा खोलामा बासले बनाइएको पुलबाट मानिसहरू तर्दै गरेको तस्विर सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएको त्यो तस्विरले ओलीको काम गराइको गति स्पष्ट बनाइदिएको छ । ओलीले बोल्न कुनै कुरा बाँकी राखेका छैनन् । तर, उनका कामहरू पूरा हुन सकिरहेका छैनन् ।

सेलिब्रेटी मन्त्री योगेश भट्टराईको जिल्लामा देखिएको दृष्यले कम्युनिस्टहरू कति गफाडी छन् भनेर देखिएको चर्चा भएको छ ।

आफ्नै पार्टीभित्रबाट दवाव र तनाबमा रहेका ओलीलाई खोलामा देखिने तुइनभन्दा पनि खतरनाक पुलहरू रहेका छन् ।

Published : Saturday, 2020 December 19, 8:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया