नाबालकसहित ८ प्रहरी हत्या काण्डका नाइके रेशमलाल चौधरीलाई जन्म कैद

धनगढी । विगत तीन वर्षदेखि कारागारमा रहेका रेशमलाल चौधरीसहित ७ जनालाई उच्च अदालत दिपायलले जिल्ला अदालत कैलालीको फैसलामाथि हेरफेर गर्दै कैद सजाय गर्ने फैसला गरेको छ ।

बिहीबार न्यायाधीशद्वय टेकनारायण कुँवर र सीताराम मण्डलको संयुक्त इजलासले सुनुवाइ गर्दै कैद गर्ने फैसला सुनाएको हो । यो फैसलाले केहीको हकमा जिल्ला अदालत कैलालीको २०७५ फागुन २२ गतेको फैसलालाई सदर गरेको छ । केही प्रतिवादीको हकमा उल्टिएको देखिएको छ । फैसलासँगै रेशमलाल चौधरीको आजीवन काराबासको सजाय

उच्च अदालत दिपायलकी निमिक्त रजिष्टार सीता रेग्मीले प्रतिवादी रेशम चौधरी, हरिनारायण चौधरी, प्रदीप चौधरी, वीरबहादुर चौधरी, राजेश चौधरी, सीताराम चौधरी र गंगाराम चौधरीसमेत ७ जनाको हकमा जनही ५ वर्ष कैद सजाय हुने फैसला गरेको छ ।

प्रतिवादी लक्ष्मण थारुको हकमा भएको फैसलामा उल्लेख छ, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नं ंको कसुरमा सो महलको १७ (३) बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३(४) बमोजिम जन्म कैद हुने ठहर छ ।’
सोही महलको १५ नं बमोजिम ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद समेत हुने ठहर छ ।

प्रतिवादी लक्ष्मण थारुको हकमा भएको फैसलामा उल्लेख छ, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सो महलको १७ ९३० बमोजिम सजाय हुने ठहर्‍याई भएको सुरु अदालतको फैसला मिलेको नदेखिदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नं. को कसुरमा सोही महलको १३९४० बमोजिम जन्म कैद हुने ठहर छ ।’

यसअघि जिल्ला अदालत कैलालीले थरुहट नेता लक्ष्मण थारुलाई ३ वर्ष जेल सजाय सुनाइएको थियो । उक्त अवधि जेलमा नै काटिसकेकाले उनलाई रिहा गरिएको थियो ।

बिहीबार तोकिएको पेशीमा वादीतर्फबाट ५ र प्रतिवादीतर्फबाट ७ जना कानुन व्यवसायीले बहस गरेका थिए । रेशमसहितका प्रतिवादीले जिल्ला अदालतको फैसलाविरुद्ध २०७६ फागुनमा उच्च अदालतमा पुनरावेदन गरेका थिए ।

फरार रहेकै अवस्थामा चौधरी तत्कालीन राष्ट्रिय जनता पार्टीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए ।

रेशमलाल चौधरी २०७४ फागुन १४ गते अदालतमा हाजिर भएका थिए । उनलाई पुर्पक्षको लागि थुनामा राखिएको थियो ।

जिल्ला अदालत कैलालीले २०७५ फागुन २२ गते सो मुद्दाको सुनुवाइ गर्दैै रेशम चौधरीसहित १० जनालाई जन्मकैद, एक जनालाई १० वर्ष कैद र ३ जनालाई सफाई दिएको थियो ।

घटना घटेको झण्डै ४२ महिनापछि जिल्ला न्यायधीश पर्शुराम भट्टराईको एकल इजलासले चौधरीसहितलाई दोषी भएको ठहर गरेको थियो । सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाइएको थियो ।

थरुहट नेता लक्ष्मण थारु र थारु कल्याणकारी सभाका जिल्ला अध्यक्ष लाहुराम चौधरीलाई ३ वर्ष जेल सजाय सुनाइएको थियो ।

उक्त अवधि जेलमा नै काटिसकेकाले उनीहरूलाई रिहा गरिएको थियो । अदालतले रामनरेश चौधरी, विश्राम कुसी र नुरुल अली जागालाई भने सफाइ दिएको थियो ।

थरुहटरथारुवान र अखण्ड सुदूरपश्चिम आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो । त्यसक्रममा ८ प्रहरीसहित १ नाबालकको ज्यान गएको थियो ।

घटनाको अभियोगमा सांसद रेशम चौधरीसहित ५८ जनाविरुद्ध डाँका चोरी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दायर गरिएको थियो ।

Published : Thursday, 2020 December 17, 11:26 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया