सभामुखद्वारा ओलीको बैठक बहिस्कार, देउवा उपस्थित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषदको बैठक बहिस्कार गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको परिषदको बैठकमा सापकोटा अनुपस्थित भएको प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

बैठकमा प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति एवम् नेता शेरबहादुर देउवा उपस्थित रहेका छन् ।

नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकलम दाहाल ‘प्रचण्ड’ निकट मानिने सभामुख सापकोटा परिषदको बैठकमा नगएको विषयमा सापकोटाको सचिवालयले केही भनेको छैन ।

Published : Tuesday, 2020 December 15, 10:01 am

फेसबुकबाट तपाईको प्रतिक्रिया