मुगुमा पहिलो पटक कांग्रेसको ऐतिहासिक प्रदर्शन

मुगु । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारविरुद्ध पहिलो पटक मुगुमा शक्तिशाली प्रदर्शन गरेको छ ।

सोमबार भएको प्रदर्शनमा गाउँ–गाउँबाट सयौँको संख्यामा कांग्रेसका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । उनीहरूले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध चर्का नारावाजी लगाएका थिए ।

विरोध सभालाई कांग्रेस मुगुका पूर्व जिल्ला सभापति एवम् केन्द्रीय संगठन विभागका सदस्य ऐनबहादुर शाहीसहितका नेताहरूले सम्बोधन गरेका थिए ।

शाहीले कम्युनिस्टहरूले जनतालाई ढाँटेर निर्वाचनमा जितेर धोका दिएको आरोप लगाए । उनले जनतालाई समस्यामा पारेर भ्रष्टाचारमा कम्युनिस्ट नेताहरू केन्द्रित रहेको बताए ।

Published : Monday, 2020 December 14, 10:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया