कांग्रेसमय बन्यो पूरै देश, कम्युनिस्टविरुद्ध नारावाजी (तस्वीर)

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले कम्युनिस्ट सरकारको भ्रष्टाचार, बेथिति, अराजकता, मूल्य वृद्धिलगायतको विरोधमा मुस्ताङ बाहेकका सबै जिल्लामा प्रदर्शन गरेको छ ।

काठमाडौं उपत्यकासहित ७६ वटा जिल्लामा कांग्रेसले सोमबार एक साथ सरकारविरुद्ध प्रदर्शन गरेको छ । प्रदर्शनमा उत्रिएका कांग्रेसका नेता कार्यकर्ताहरूले सरकार विरोध नारावाजी गरेका छन् ।

प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध नारावाजी गर्नुका साथै कांग्रेसका कार्यकर्ताले भ्रष्टाचारीलाई कारबाहीको माग गरेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीको राजीनामा माग पनि गरेका छन् ।

ललितपुर, भक्तपुर, इलाम, भोजपुर, रुपन्देही, झापा, दाङ, हुम्ला, जुम्ला, डोल्पा, मुगु, दार्चुला, कालीकोट, रुकुम, रोल्पा, प्यूठान, सिन्धुपाल्चोक, संखुवासभा, ताप्लेजुङ, तेह्रथुमलगायतका जिल्लाहरूमा नेता कार्यकर्ता सडकमा उत्रिएर सरकार विरोधी नारावाजी गरेका छन् ।

सिन्धुपाल्चोकमा बाजागाजासहित कांग्रेसका कार्यकर्ताले सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

Published : Monday, 2020 December 14, 12:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया