सरकारविरुद्ध कांग्रेसले देशभरि सडकमा कार्यकर्ता ओराल्दै

काठमाडौं । नेपाली कांग्रेसले सरकारविरुद्ध काठमाडौं उपत्यकासहित देशभरि प्रदर्शन गर्दैछ ।

कांग्रेसले सोमबार ७७ वटा जिल्लामा प्रदर्शन गर्न लागेको हो । प्रदर्शनमा उल्लेख्य नेता कार्यकर्ता उतार्ने जनाइएको छ ।

सरकारले भ्रष्टाचार गरेको, तनहुँमा वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुर्व्यवहार गरेकोलगायतका आरोप लगाएर कांग्रेसले देशभरि प्रदर्शन गर्न लागेको उल्लेख गरेको छ ।

कांग्रेसको विरोध सभाहरूलाई सम्बोधन गर्न केन्द्रीय नेताहरू विभिन्न जिल्लामा पुगेका छन् ।

Published : Monday, 2020 December 14, 10:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया