ओलीसँग दाहालले यसरी लिने भए बदला, काठमाडौंमा खैलाबैला
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्रको विवाद कर्णालीमा पुगेर चरम उत्कर्षमा पुगेको छ ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आइतबार मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेपछि नेकपाभित्रको विवाद बाहिरिएको हो । कर्णालीमा शाहीको तयारीले काठमाडौंमा तरंग उत्पन्न भएको छ ।
नेकपाका दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाल निकट मानिने मुख्यमन्त्री शाहीले दुई मन्त्रीलाई हटाएर नयाँ मन्त्रीहरू बनाउने तयारी गरेका हुन् । ओलीसँगको बदला दाहालले मुख्यमन्त्री शाहीमार्फत लिने तयारी गरेको आरोप ओली निकटका नेताहरूले लगाएका छन् ।
मुख्यमन्त्री शाहीले नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओली निकट मानिने दुई मन्त्रीलाई हटाउने तयारी गरेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री ओली निकटका मन्त्रीहरू हटाएर मुख्यमन्त्री शाहीले माधव नेपालका नेताहरूलाई मन्त्री बनाउन लागेको चर्चा छ ।
मुख्यमन्त्री शाहीले ओली निकटका मन्त्रीहरू दल रावल र नन्दसिंह बुढालाई हटाउन खोजेको स्रोतको भनाइ छ । मुख्यमन्त्री शाहीले हटाउन खोजेपछि काठमाडौंमा तरंग उत्पन्न भएको हो ।
प्रधानमन्त्री ओलीले रावल र बुढालाई हतारमा राजीनामा नदिन निर्देश दिएको एक नेताले बताएका छन् ।
मन्त्री रावलले आइतबार सामाजिक सञ्जालमा भनेका छन्, ‘कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रीको हैसियतले ३२ महिनाको अवधिमा मन्त्रालयलाई नवजात अवस्थाबाट शिशु अवस्थामा पुर्याउन प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्नुहुने समआदरणीय महानुभावहरु प्रति ऋणी छु ।’
मुख्यमन्त्री शाहीले रावल र बुढालाई राजीनामा दिन दबाब दिएको स्रोतले जनाएको छ । कर्णाली प्रदेशको विवाद र मन्त्रिपरिषद पुनर्गठनको चर्चाले काठमाडौंमा नेकपाभित्र हलचल उत्पन्न भएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया