गणेशमान सिंहको मार्गदर्शनले राजनीतिमा होमिएको हुँः देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व.गणेशमान सिंहलाई स्मरण गरेका छन् ।
होम आइसोलेसनमा बसेका देउवाले शुक्रबार सामाजिक सञ्जालमा गणेशमान सिंहसँग एउटै मञ्चमा भाषण गर्दै गरेको तस्वीर राखेर स्मरण गरेका हुन् ।
‘आज मेरो आदरणीय नेता गणेशमान सिंहको २३औँ स्मृति दिवश’, देउवाले भनेका छन्, ‘उहाँ नेपाली राजनीतिको शिखर पुरुष, एक सच्चा क्रान्तिकारी नेता तथा मेरो राजनीतिक अभिभावक हुनुहुन्थ्यो ।’
‘उहाँकै प्रेरणा र मार्गदर्शनले म सानो उमेरमै राजनीतिमा होमिएको हुँ’, सभापति देउवाले भनेका छन् ।
‘मेरो अभिभावक गणेशमान सिंहप्रति म हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु’, देउवाले भनेका छन्, ‘तपाईको विचार र मार्गदर्शन अजनवी छ । जय नेपाल ।’
कोरोना महामारीका बेला ठूला कार्यक्रम हुन सकेका बेला सभापति देउवाले सामाजिक सञ्जालमार्फत गणेशमान सिंहलाई स्मरण गरेका छन् ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया