गाेरखा कांग्रेसका नेता एवम् वडाध्यक्ष श्रेष्ठको पहलमा अपाङ्ग परिवारलाई घर हस्तान्तरण

गोरखा । गोरखा जिल्लाको शहीद लखन थापा गाउँपालिका–७ का वडाध्यक्ष एवम् नेपाली कांग्रेसका युवा नेता शरण श्रेष्ठले अपाङ्ग र असक्तहरूका लागि घर बनाएर हस्तान्तरण गरेका छन् ।

श्रेष्ठले आफ्नो र साथीभाईहरूको सहयोगमा १४ लाख ८१ हजार ७४ रुपियाँ संकलन गरेर अपाङ्ग परिवारलाई घर निर्माण गरेर मंगलबार हस्तान्तरण गरिदिएका हुन् ।

वडा नम्बर ७, कोटगाउँका धनबहादुर श्रेष्ठ र पोषकुमारी श्रेष्ठका ६ सन्तानमध्ये छोरा राजीव, छोरीहरू शिला र लीलामा पूर्ण अपाङ्ग छन् । उनीहरूको आर्थिक अवस्था निकै कमजोर छ ।

वडाध्यक्ष श्रेष्ठले उनीहरूको दैनिय अवस्था देखेपछि घर बनाइदिएका हुन् ।

अपाङ्ग मैत्री घर पाएपछि धनबहादुर श्रेष्ठको परिवार खुसी छ । उनीहरूले वडाध्यक्ष श्रेष्ठ र सहयोग गर्ने दाताहरूलाई धन्यावाद दिएका छन् ।

धुनबहादुरको परिवार ०७२ सालको भूकम्पले भत्किएको घर अपाङ्ग मैत्री बनाएर बस्न सकेको थिएन ।

वडाध्यक्ष श्रेष्ठको पहलमा घर बनेपछि धनुबहादुरको परिवार मंगलबारदेखि राम्रो र सुरक्षित घरमा बस्न पाएका छन् ।

शहीद लखन थापा गाउँपालिका अध्यक्ष रमेश थापा मगरले धनबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गरेका छन् । थापाले वडाध्यक्ष श्रेष्ठलाई घर बनाउन सहयोग गरेकोमा धन्यावाद समेत दिएका छन् ।

वडाध्यक्ष श्रेष्ठले आफ्नो वडाको काम सम्पन्न भएपछि विभिन्न सामाजिक कार्यहरू गर्दै आएका छन् । उनले केही समय अगाडि दुर्घटनामा परेका वृद्धको निःशुल्क उपचार गराएका थिए ।

घर हस्तान्तरण कार्यक्रममा निर्माण समितिका अध्यक्ष जीतबहादुर गुरुङको अध्यक्षतामा भएकाे थियाे । गाउँपालिका प्रमुख रमेश थापा प्रमुख अतिथि रहेका थिए ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्षय रमेश थापाका साथै उपाध्यक्षय इन्दिरा तिवारी, निर्माण समितिका अध्यक्ष जीतबहादुर गुरुङ, प्रमुख प्रशासकीय अधिकृत वीवनबहादुर आले, अभियान्ता एवम् वडाध्यक्षय शरण श्रेष्ठ, वडाध्यक्षयको अभियानमा सहयोग गर्ने काशिनाथ अंगाइँ, सञ्चारकर्मीहरू, जनप्रतिनिधिहरू, अभियानमा सहयोग गर्ने शल गाउँपालिका–७ का विष्णुकुमार श्रेष्ठ, शल गाउँपालिका–८ अमृत श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, शल गाउँपालिका–७ का किरण श्रेष्ठ, चन्दादाता, राजनीतिक दलका प्रतिनिधी, निर्माण समिति, स्थानीय व्यक्ति, समाजसेवी, वुद्धिजीवीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा घर हस्तान्तरको पत्र प्रदान गर्नुका साथै चन्दाताहरू, सहयोगीहरूलाई समान–पत्र पनि प्रदान गरिएको थियो ।

गाउँपालिकाको तर्फबाट तीन जना अपाङ्गहरूका लागि अपाङ्ग सहायता सामग्री किन्न रु.१ लाख सहयोग प्रदान गरिएको छ ।

Published : Tuesday, 2020 September 15, 7:30 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया