कोरोनाबाट पछिल्लो २४ घण्टामा १५ को मृत्यु, सोमबार कति थपिए ?
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजार एक सय ७० जनामा कोरोनाभाइरसको संक्रमण भएको जनाएको छ ।
मन्त्रालयका अनुसार आठ सय ७९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
नेपालमा कोरोनाभाइरसका संक्रमितको संख्या ५५ हजार तीन सय २९ पुगेको छ ।
डिस्चार्ज हुनेको संख्या ३९ हजार पाँच सय ७६ पुगेको छ ।
अब नेपालमा १५ हजार तीन सय ९३ जना सक्रिय संक्रमित आइसोलेशनमा रहेका छन् ।
संक्रमितमध्ये आईसीयूमा एक सय ७९ जना र भेन्टिलेटरमा २९ जना रहेका छन् ।
६ हजार आठ सय ९२ जना क्वरेन्टिनमा रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ जनाको मृत्यु भएको छ ।
योसँगै नेपालमा मृत्यु हुनेको संख्या तीन सय ६० पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए ।



बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया