नेपाल रेल्वे कम्पनीमा १२९ कर्माचारीकाे माग, अनलाइनबाटै निवेदन दिन सकिने
काठमाडौं । नेपाल रेल्वे कम्पनी लिमिटेडले विभिन्न पदहरूमा पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ ।
जनकपुर–जयनगर रेल सञ्चालनको लागि कम्पनीले विभिन्न २९ वटा पदपूर्तिका लागि १ सय २९ जना कर्मचारी माग गरेको हो ।
कम्पनीले करार सेवामा खुल्ला प्रतिस्पर्धाद्वारा कर्मचारीहरू परिपूर्तिका लागि सोमबार विज्ञापन प्रकाशित गरेको छ ।
सामान्य लेखपढ गर्नेदेखि लिएर स्नातक गरेकाहरूले समेत सहभागिता जनाउन सक्नेछन् ।
कम्पनीले प्रशासनतर्फ एक जना शाखा अधिकृत, कानूनतर्फ १ जना अधिकृत र तीन जना स्टेसन मास्टरको माग गरेको छ ।
सव–इञ्जिनियर, सहायक स्टेसन मास्टर, प्रमुख प्रशासन सहायक, लेखापाल, कम्प्युटर अपरेटर, क्यासियर, टिकट विक्रेता सहायक, टिकट कलेक्टर, हेल्पर, कार्यालय सहयोगी लगायतको पदका लागि समेत विज्ञापन आह्वान गरिएको छ ।
आवेदकले असोज १२ गतेभित्र रेल्वे कम्पनीको वेबसाइटमार्फत् विभिन्न विज्ञापनमा अनलाइन दरखास्त भर्न सक्ने जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया