भारतद्वारा समाजलाई आपतकालीन राहत सामग्री प्रदान

काठमाडौं । नेपालका लागि भारतीय राजदूतावासकी नियोग उप–प्रमुख नामग्या सी.खम्पाले नेपाल–भारत मैत्री समाजकी अध्यक्ष चन्दा चौधरीलाई आपतकालीन राहत सामग्री हस्तान्तरण गरेकी छिन् ।

नामग्याले चौधरीलाई हस्तान्तरण गरिएको टेन्ट तथा त्रिपाल लगायतका राहत सामग्रीहरू नेपालका पाँच जिल्लाका बाढी तथा पहिरोबाट प्रभावित परिवारहरूलाई वितरण गरिनेछ ।

बाढी र पहिरोका कारण हालसालै भएको विनाश र जनधनको क्षतिलाई ध्यानमा राख्दै यी राहत सामग्रीहरू समाजले कैलाली, महोत्तरी, नवलपरासी, सर्लाही र सिन्धुपाल्चोक जिल्लाका स्थानीय सरकारसँग समन्वय गरी वितरण गर्नेछ ।

भारत सरकारको नियमित मानवीय सहयोग तथा आपतकालीन राहत सहायताअन्तर्गत उक्त राहत सामग्री नेपाललाई वितरण गरिएको छ ।

Published : Sunday, 2020 September 13, 8:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया