पीसीआरको फरक–फरक रिपोर्ट दिने चार अस्पतालमाथि छानविन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरसको संक्रमणको नमूना परीक्षणमा फरक–फरक रिपोर्ट आएको विषयमा छानविन भइरहेको जनाएको छ ।

मन्त्रालयमा आइतबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.जागेश्वर गौतमले पीसीआर परीक्षण गर्दा चार अस्पतालमा फरक–फरक रिपोर्ट आएको गुनासो आएपछि छानबिन भइरहेको बताए ।

प्रवक्ता डा.गौतमले पीसीआरको रिपोर्ट फरक आएको बारे जाँचपड्ताल भइरहेको जानकारी दिए ।

उनले मन्त्रालयमा भदौ २७ र २८ गते चार अस्पतालमा जाँच गर्दा फरक–फरक रिपोर्ट आएको गुनासो आएको जानकारी दिए ।

Published : Sunday, 2020 September 13, 8:40 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया