यात्रु बोक्ने एम्बुलेन्सको दर्ता खारेज गरिदिने
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले देशभर सञ्चालित एम्बुलेन्सलाई बिरामी मात्र बोक्न निर्देशन दिएका छन् ।
आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा.गौतमले एम्बुलेन्सलाई बिरामी मात्र बोक्न निर्देशन दिएको बताए ।
एम्बुलेन्सहरूले बिरामीभन्दा पनि पैसाको लोभमा यात्रु बोकेपछि मन्त्रालयका प्रवक्ता डा.गौतमले एम्बुलेन्सहरूमाथि कडा निगरानी शुरु गरिएको बताए ।
डा.गौतमले अन्य कामको प्रयोजनका लागि एम्बुलेन्स प्रयोग गरेको पाइएमा एम्बुलेन्सको दर्ता तत्काल खारेज गर्ने बताए ।
उनले भविष्यमा सञ्चालनका लागि अनुमति नदिने चेतावनी दिए । एम्बुलेन्सको सदुपयोग गर्न मन्त्रालयको आग्रह छ ।
‘एम्बुलेन्सको निर्देशिका अनुसार एम्बुलेन्सको सदुपयोग गर्नुपर्छ’, उनले भने, ‘यदि कथम् कदाचित एम्बुलेन्स अन्य कामका लागि प्रयोग गरेका पाइएमा तुरुन्त दर्ता खारेज गरिनेछ ।’
उनले भने, ‘त्यस्ता एम्बुलेन्सलाई भविष्यमा एम्बुलेन्स सञ्चालनका लागि अनुमति दिइनेछैन ।’
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया