काठमाडौंमा ५९७ कोरोना संक्रमित, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार ५९७ जनामा कोरोनाभाइरसका संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा आइतबार काठमाडौंमा ४८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ जनालाई कोरोना संक्रमण देखिएको छ ।

योसँगै काठमाडौं उपत्यकामा कोराना संक्रमितको संख्या ११ हजार ७ सय ३६ पुगेको छ ।

काठमाडौंमा ९ हजार ५ सय ८६ ललितपुरमा १ हजार १ सय २ र भक्तपुरमा ९८८ संक्रमित पुगेका छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा थप १०३९ जनामा संक्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५४ हजार १५९ जना पुगेको छ ।

आइतबार १ हजार १ सय ७३ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

आइतबार ७ हजार ३ सय ८७ जना कोरोना संक्रमित होम आइसोलेसन रहेको मन्त्रालयले जनाएको छ ।

Published : Sunday, 2020 September 13, 8:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया